Home समाचार मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ : पृथ्वीसुब्बा गुरुङ

by ईलालटिन
0 comment

लमजुङ।  नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आज आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले मुलुकको विकास  समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताए ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता गुरुङले आफ्नो नेतृत्वको सरकारले अघि बढाएको महत्वपूर्ण योजना वर्तमान सरकारले खारेज गरेर देश र जनताको उपलब्धि हुन नदिएको आरोप लगाए । उनले राष्ट्रि««य पूँजीको निर्माण नगरेसम्म मुलुक आत्मनिर्भर हुन नसक्ने उल्लेख गर्दै मुलुक आत्मनिर्भर नभएसम्म समाजवाद व्यवहारिक कार्यान्वयन हुन नसक्ने बताए ।उनले नेकपा एमाले सुन्दरबजार नगरकमिटीको प्रथम अधिवेशनको समेत उद्घाटन गरेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com