Home समाचार स्वास्थ्यमन्त्री खतिवडा बिपी प्रतिष्ठानमा, तीन पदाधिकारीलाई स्पष्टीकरण दिन ७२ घन्टाको समय

स्वास्थ्यमन्त्री खतिवडा बिपी प्रतिष्ठानमा, तीन पदाधिकारीलाई स्पष्टीकरण दिन ७२ घन्टाको समय

by ईलालटिन
0 comment

काठमाडौं  । स्वास्थ्यमन्त्री विरोध खतिवडासहितको उच्चस्तरीय टोली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेको छ उच्चस्तरीय छानविन समितिका संयोजक रहेका खतिवडा मंगलबार प्रतिष्ठानमा पुगेका हुन्।उनीसँगै छानविन समितिमा स्वास्थ्य सचिव रोशन पोखरेल र धरान उपमहानगरपालिकाका मेयर तिलक राई छन्।छानविन समितिले प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र अस्पताल निर्देशक डा. गौरीशंकर शाहलाई ७२ घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

७२ घन्टाभित्र स्पष्टीकरण नदिए र स्पष्टीकरण चित्तबुझ्दो नभए के कारबाही गर्ने हो उच्चस्तरीय समितिको संयोजकको हैसियतबाट म गर्छु,’ स्वास्थ्यमन्त्री खतिवडाले सेतोपाटीसँग भने।बिपी प्रतिष्ठानका पदाधिकारीले पदीय आचार विपरीत काम गरेको, भ्रष्टाचारलगायत गतिविधि गरेको भन्दै यसअघि छानविन समितिले प्रतिवेदन दिइसकेको छ।प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) मा व्यवस्था भए अनुसार अनुसार पदाधिकारीहरूलाई हटाउन कुलपति एवम् प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्यमन्त्रीको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका थिए।

बिपी प्रतिष्ठानमा कार्यरत् रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले भने यसअघि नै राजीनामा दिइसकेका छन्।प्रतिष्ठानमा लामो समयदेखि डाक्टर तथा विद्यार्थीहरूको आन्दोलन भइरहेको छ। मन्त्री खतिवडाले बिपी प्रतिष्ठानका आन्दोलनरत् सबै पक्ष तथा सरोकारवाला निकायसँग छलफल गरिरहेको बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com