काठमाडौं । नेकपा एमालेको स्थानीय तहको पालिका अधिवेशनअनुसार भक्तपुरको चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मंगलबार नगर अधिवेशन उद्घाटन भएको छ । एमालेको केन्द्रीय नीति नै यो पटकको अधिवेशन सर्वसम्मत गर्ने भएकाले बन्द सत्र लम्बिएको एक नेताले जानकारी दिए ।
चार वटै तहमा नेतृत्व मि-लाउने प्रयासमा एमालेका नेताहरु महेश बस्नेत, सोम मिश्र, वचन देउजालगायत लागिपरेका छन् । केही नगरमा आज सहमति भएमा बन्द सत्र सुरु गर्ने र भोलिसम्म सबैमा नेतृत्व चयन भइसक्ने नेताहरुको भनाइ छ । एमालेको नयाँ विधान अनुसार नगर कमिटी ७५ सदस्यीय हुने छ । जसमा पदाधिकारी अध्यक्ष, उपाध्यक्ष, सचिब र २ उप सचिब चयन हुनेछन् । रातोपाटी ।