Home विश्व/प्रवास प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ: पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठ

प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ: पूर्वमहान्यायाधीवक्ता रमन श्रेष्ठ

by ईलालटिन
0 comment

काठमाडौं । पूर्वमहान्यायाधीवक्ता एवम् बरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले ढिलो नगरी अब २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बताएका छन्। श्रेष्ठले भने,‘उहाँले आजै राजीनामा दिनुपर्छ। व्यक्तिगत रूपमा पनि यसले हित हुँदैन, उहाँ जति बस्नुहुन्छ उहाँलाई त्यति ठूलो क्षति हुन्छ। न्यायालय र व्यक्तिगत क्षति रोक्ने हो भने तत्काल राजीनामा दिनुपर्छ। १४ जना न्यायाधीशले विद्रोह गर्नुभयो। कमाण्डरमात्रै बाँकी भएको युद्ध कस्स्तो हुन्छ ? धेरै समय नलगाउनुहोस् अब २/४ घण्टाभित्रै राजीनामा दिनुपर्छ।’

सोमबार राजधानीमा आयोजित  साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानन्यायाधीशले स्वेच्छाले राजीनामा नदिए संविधानअनुसार चल्ने भन्दै महाभियोगको संकेत गरेका छन्। उनले भने,‘उहाँले राजीनामा दिनुभएन भने हामीसँग संविधान छ। उहाँको कमीकमजोरी रहे, संविधान अनुसार हुन्छ। प्रतिनिधि सभा छ, सांसद छन्। जनताको लेभलमा यत्रो कुरा उठेको छ। अझै धेरै प्रश्न उठ्नेवाला छ। अहिले बाहिर-बाहिरको कुरा आएको छ, भित्री कुरा प्रवेश गरेपछि अझै छताछुल्ल हुन्छ। धेरै घण्टा पनि नलगाउनुहोस्। तत्काल राजीनामा दिनुहोस्।’

साक्षात्कारमा बोल्दै उनले न्यायालयको आजको अवस्था बिग्रँदो अवसथमा रहेको टिप्पणी गरे। उनले भने,‘न्यायालय आजको ठाउँमा जो आइपुगेको छ, यो थोरै समयमा आएको होइन। हिजैदेखिको देन हो। न्यायाधीश नियुक्तिमै विवाद रहँदै आएको छ। प्रधानन्यायाधीश न्याय सम्पादनमा चुक्नुभयो, संविधानले परिकल्पना नगरेको विषयमा प्रवेश हुनुभयो। उहाँले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्ति गर्नुभयो। मन्त्री पनि बनाउनुभयो। न्यायालय स्वतन्त्र हुनुपर्छ। यसमा राजनीतिक गन्ध आउनु पनि हुन्न। हिजो राजाको पालामा न्यायालयमा त्यति अधिकार थिएन। तर, अहिले २०७२ को संविधानपछि न्यायालयलाई धेरै अधिकार छ। सरकार नै परिवर्तन नै गर्नसक्ने न्यायालय आज कुन ठाउँमा पुग्यो ?’

श्रेष्ठले अहिलेको प्रधानन्यायाधीशले पदको गरिमालाई कायम गर्न नसकेको पनि गम्भीर आरोप लगाए। उनले भने,‘राष्ट्रपतिले गरिमा कायम गर्न नसकेको जस्तै अहिलेको प्रधानन्यायाधीशले पनि नसकेको हो। न्यायालय सम्पादन गर्ने कुरामा पनि प्रधानन्यायाधीशले ठिक काम गर्नुभएन। हरिकृष्ण कार्कीको नेतृत्वको समितिले रिपोर्ट ल्यायो, त्यो कार्यान्वयन भएको छैन। उहाँले जुनियर न्यायाधीशलाई साथमा लिएर महत्वपूर्ण फैसला गर्ने काम पनि गर्नुभयो। उहाँ विवाद विवादैमा पर्नुभयो। राजदूत, मन्त्री, संवैधानिक निकायमा कोटा खोज्नुभयो। त्यस्तो कोटा चाहिने मान्छेले दल खोज्नुपर्छ। न्यायालयमा अनियमितता र भ्रष्टाचार भएको छ, कमजोरी भएको छ भन्ने कुरा छ। राजनीतिक दलकोजस्तो व्यक्ति प्रधानन्यायाधीशमा रहनुहुँदैन।’

बरिष्ठ अधिवक्ता महेश नेपालले प्रधानन्यायाधीश जबराले आफ्नो स्वेच्छाले राजीनामा दिए अलग कुरा भएको तर कसैले माग्दैमा प्रधानन्यायाधीशले राजीनामा दिन नहुने धारणा राखेका छन्।  प्रधानन्यायाधीश जबराको सवालमा कुनै एउटा विषयलाई हेरेर हट्नुपर्छ वा पर्दैन भन्न नहुने उनको टिप्पणी छ। उनले भने,‘मलाई चित्त बुझ्यो कि बुझेन भनेर राजीनामा वा हट्नुपर्छ भन्ने कुरा गर्नुहुँदैन, प्रधानन्यायाधीशले संवैधानिक अधिकारभन्दा बाहिर गएर भूमिका खेलेको हो भनेर मान्ने हो भने उहाँलाई राजीनामा दिएरमात्रै उन्मुक्ति दिनुहुँदैन। प्रतिनिधि सभामा महाभियोग प्रस्ताव दर्ता गर्नुपर्छ। साँच्चै नै उहाँले गलत गर्नुभएको छ भने उहाँलाई महाभियोग लगाएर पदबाट हटाउनुपर्‍यो। दलहरूले आफ्नो दायित्व पूरा नगर्ने ? अनि भन्ने के भने प्रधानन्यायाधीशले ठाउँ खाली गर्नुपर्छ, यसको म पक्षमा छैन। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com