Home समाचार सहमति कार्यान्वयन गर्न गृहमन्त्रीले गरे नेकपा नेतासँग छलफल

सहमति कार्यान्वयन गर्न गृहमन्त्रीले गरे नेकपा नेतासँग छलफल

by ईलालटिन
0 comment

 काठमाडौं ।  गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूसँग छलफल गरेका छन्। सरकार र नेकपाबीच भएका सहमति कार्यान्वयनका गर्न गृहमन्त्री खाणले पहल गरिरहेका छन्। मंगलबार गृह मन्त्रालयमा भएको छलफल यसअघि भएका सहमतिलाई छिटो कार्यान्वयनमा लैजानेमा केन्द्रित थियो। नेता/कार्यकर्तालाई लगाइएको मुद्दाबारे र बन्दी भएकाहरूलाई रिहाइ गर्नेजस्ता कुरामा उनीहरूबीच छलफल भएको थियो।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाण, महान्यायाधीवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुन मन्त्रालयका सचिव उदयराज सापकोटा र गृह मन्त्रालयका कानुन सहसचिव कमल खत्री थिए भने नेकपाबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड थिए। छलफल सकारात्मक भएको प्रकाण्डले बताएका छन्। सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच ०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो। मुख्यगरी सहमतिको बुदाँ नम्बर तीनमा रहेको ‘नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाई र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ,’ भन्ने विषय मिलाउन बाँकी छ। रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com