Home समाचार तत्काल उद्दार, राहतका लागि २५ करोड दिने सुदूरपश्चिम सरकारको निर्णय

तत्काल उद्दार, राहतका लागि २५ करोड दिने सुदूरपश्चिम सरकारको निर्णय

by ईलालटिन
0 comment

धनगढी ।  सुदूरपश्चिम प्रदेश सरकारले बाढी र पहिरो प्रभावितलाई तत्काल उद्दार, राहत र परिचालनका लागि बजेट दिने निर्णय गरेको छ। मंगलबार साँझ मुख्यमन्त्री त्रिलोचन भट्टले बोलाएको आकस्मिक बैठकबाट दुइटा निर्णय भएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन्।

उनले प्रदेश सरकारको प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन्। यस्तै ९ वटै जिल्लालाई तत्कालका लागि २५ लाखका दरले बजेट दिने निर्णय भएको बताइन्। जसबाट प्रत्येक जिल्लामा प्रहरी र सशस्त्र प्रहरीलाई ५/५ लाख रुपैयाँ र नौ वटै जिल्ला प्रशासनलाई १५/१५ लाख रुपैयाँ रकम दिइने निर्णय भएको उनले बताइन्।अहिले तत्कालका लागि खोजी उद्दार र परिचालनमा यो बजेट खर्च हुनेछ, आवश्यक परे प्रदेश सरकारले थप बजेट दिनेछ,’ उनले भनिन्। प्रदेश सरकारले संघ र स्थानीय सरकारसँगको समन्वय, सुरक्षा संयन्त्र सहितसँगको सहकार्यमा यो विपद्का बेला काम गर्ने उनले बताइन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com