Home विशेष विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरूद्ध

विराटनगर विमानस्थलमा बाढी पसेपछि उडान अवरूद्ध

by ईलालटिन
0 comment

विराटनगर । अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पसेको छ। बाढी पसेकोले हवाई उडान प्रभावित भएका छन्। डुवान परेसँगै हवाई सेवा अवरुद्ध भएको विमानस्थलले जानकारी दिएको छ। वायुसेवा कम्पनीहरुले पनि आजका सबै उडान रद्ध भएको बताएका छन्।

बुद्ध एयरले पनि आजका लागि तय भएका काठमाडौं–विराटनगर सबै उडान रद्ध गर्नु परेको जानकारी दिएको छ। यति एयरले पनि आजका लागि निर्धारित पाँच उडान प्रभावित हुने जानकारी दिएको छ। विराटनगरका लागि कुनै पनि उडान हुने सम्भावना नरहेको यती एयरका प्रवक्ता सुदर्शन बटलाले जानकारी दिए। दुई दिनदेखि परेको पानी र केसलियालगायत खोलाको भेलले विराटनगर महानगरपालिका भित्रका सबै वडा प्रभावित बनाएको छ।

विमानस्थलको टर्मिनल भवनमा पानी पसेको छ भने रनवेमा पनि पानी जम्मा हुँदा उडान प्रभावित बनेको हो।साथै बस्तीहरूमा बाढी पसेपछि घरहरू डुवानमा परेका छन्। रूख र घरका छतमा बसेका १६ जनालाई आज बिहान नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले उद्धार कार्य जारी रहेको बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com