Home समाचार बाढी-पहिलो प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष बस्नेतको निर्देशन

बाढी-पहिलो प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष बस्नेतको निर्देशन

by ईलालटिन
0 comment

काठमाडौं ।  सत्तारुढ नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले बाढी र पहिलो प्रभावितको राहत र उद्दारमा जुट्न मातहतका कार्यसमितिलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बुधबार विहान परिपत्र जारी गर्दै जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्दार र राहत वितरण कार्यमा जुट्न निर्देशन दिएका हुन् ।

जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न, उद्दार र राहत वितरण कार्यमा जुट्न नेपाल तरुण दल जिल्ला समिति, नगर समिति, क्षेत्रीय समिति, वडा इकाई समिति एवं स्थानीय तहका सम्पूर्ण तरुण साथीहरुलाई नेपाल तरुण दल केन्द्रिय समिति निर्देशन गर्दछ,’ परिपत्रमा भनिएको छ । खोला, नदी, नालाहरूमा पानीको बहाव बढ्ने र बाढी र पहिरोबाट आफ्नो जिल्ला, क्षेत्रमा हुन सक्ने विपद जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरुलाई पनि सचेत गराउन उनको निर्देशन छ ।

साथै यस विपदका बेला कार्य गर्ने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रस लगायतका सामाजिक संघ संस्थाहरु एवं मातृ पार्टी र अन्य भातृसंगठन संग पनि आवश्यक समन्वय सहकार्य गर्न तरुण दलको निर्देशन छ । अविरल रुपमा वर्षा भई बाढी पहिरोको कारण केही दिन देखि धनकुटा, कैलाली, बझाङ, बैतडी, कन्चनपुर, गोरखा, धनुषा, मोरङ, सुनसरी, डोटी, कालिकोट, डडेलधुरा, अछाम, जुम्ला, पाल्पा, दाङ, गुल्मी लगायत देशका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको बस्नेतले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com