Home समाचार हेलिकप्टरबाट प्रधानमन्त्री देउवाले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, समस्या समाधान गर्ने प्रतिवद्धता

हेलिकप्टरबाट प्रधानमन्त्री देउवाले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण, समस्या समाधान गर्ने प्रतिवद्धता

by ईलालटिन
0 comment

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हेलिकप्टरमार्फत् निरीक्षण गरेका छन्। पोखरा विमानस्थलदेखि हेलिकप्टर चढेर निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देउवाले निरीक्षण गरेका हुन्। गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आइतबार पोखरा आएका देउवा पोखरामै बसेका थिए।

सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेर काठमाडौं फर्केका छन्। उनले विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गर्न प्रतिवद्धता समेत जनाएका छन्।  हेलिकप्टर निरीक्षणपश्चात प्रधानमन्त्री देउवालाई विमानस्थल आयोजनामा देखिएका समस्याका बारेमा आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी गराएका थिए। मुनकर्मीले विमानस्थलमा नहर, ढल र बर्खामा आकाशे पानीले समस्या ल्याउँदा विमानस्थलको पूर्वतर्फ पहिरो गएकोले पानी तर्काउनुपर्ने बताएका थिए।

यस्तै, विमानस्थल सञ्चालन गर्न पूर्वतर्फ रहेको रिठ्ठेडाँडा ४० मिटर काट्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने, विमानस्थल नजिकै रहेको ल्याण्डफिल साइट अन्यत्र स्थानान्तरण गर्नुपर्ने, नेपाल आयल निगमले विमानस्थलमा इन्धन भण्डारण बनाउनुपर्ने लगायत समस्या मुनकर्मीले बताएका थिए। प्रधानमन्त्री देउवाले उक्त समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम कोभिडका कारण १ वर्ष लम्बियो, अब समयमै निर्माण सकिन्छ,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रधानमन्त्री ज्यूले विमानस्थलमा अहिले देखिएका सबै समस्या समाधान गर्ने वचन दिनुभएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com