Home समाचार मन्त्रिपरिषद विस्तार गर्नुअघि प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई भेट्ने

मन्त्रिपरिषद विस्तार गर्नुअघि प्रधानमन्त्री देउवाले राष्ट्रपतिलाई भेट्ने

by ईलालटिन
0 comment

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन्। सत्तारूढ दलहरूले मन्त्री हुनेहरूको नाम दिनेवित्तिकै आज मन्त्री नियुक्त गर्ने र आजै अपरान्ह ४ बजे सपथ खुवाउने कार्यक्रम छ। साथै आज प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ। मन्त्रिपरिषद विस्तार गर्नुअगाडि प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेट्न लागेका हुन्।

आज बिहान ११ बजे प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेट्ने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ मन्त्रीहरूको सपथ सम्बन्धी कानुनमा समस्या देखिएकोले भेट्न लागिएको स्रोतको दाबी छ। सपथसम्बन्धी व्यवस्था गर्न सरकारले नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने निर्णय गरेको थियो। सार्वजनिक पद धारण गरेको व्यक्तिको सपथ सम्बन्धी विधेयक संसदमा पेश गर्न गत असोज ११ मा बसेको मन्त्रिपरिषदले स्वीकृति दिएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com