Home विशेष जसपाको भागमा भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय

जसपाको भागमा भौतिक पूर्वाधारसहित चार वटा मन्त्रालय

by ईलालटिन
0 comment

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमती भएको औंपचारिक जानकारी गराए।

सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रा-लय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेतासमेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए। त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ। आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा जुन मन्त्रालयको भागबण्डा गरेको छ ।

त्यसको बारेमा अध्यक्षले बैठकलाई जानकारी गराउनु भयो। हाम्रो भागमा चार वटा मन्त्रालय आएको कुरा जानकारी गराइयो। त्यो चार वटा -मन्त्रालय भनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय हो’, नेता यादवले भने, ‘मन्त्रालय जम्मा ४ वटा छ। सबैलाई मन्त्री बनाउन त सकिदैन । त्यसैले अब तपाईहरुले आफ्नो आफ्नो कुरा राख्नुस्। कसरी लादा राम्रो हुन्छ? भन्ने कुरा भयो । पार्टीले पनि अव मन्त्रालयको कुरा यसरी बैठक बसेर टुंगिने विषय होईन भनेको छ।

तपाईले पार्टीको हितमा सबै प्रकारणको क्षत्रीयता, जातीयता, लिंगिकता, मूल्यांकन र क्षमताको आधारमा निर्णय गर्नुहोस्। त्यो निर्णय हा-मी स्वीकार गछौं भनेर पार्टी अध्यक्षलाई त्यसको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको छ।’ जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसद छन्। सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो। अब दलले मन्त्रीको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रिपरिषदले पूर्णता पाउनेछ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com