Home विश्व/प्रवास आज प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिने

आज प्रदेश २ का मुख्यमन्त्री राउतले विश्वासको मत लिने

by ईलालटिन
0 comment

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालाबाबु राउतले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार आज बिहान ११ बजे बोलाइएको प्रदेश सभामा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार रहेकाले मुख्यमन्त्रीले सहजै विश्वसाको मत पाउने अवस्था छ।

मुख्यमन्त्रीलाई विश्वासको मत लिन प्रदेश सभामा कायम सदस्य संख्याको ५० प्रतिशत अर्थात् ५३ मत आवश्यक छ। १०४ प्रदेश सभा सदस्य रहेको प्रदेशसभामा सत्तारूढ जसपाका ३९, कांग्रेसका १९ र माओवादीका ८ जना सांसद छन्। १३ जना प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी पार्टीले समेत सरकारको समर्थन गर्ने भएको छ। सरकारमा जाने तरखरमा रहेको एकीकृत समाजवादीले सरकारको पक्षमा उभिने दलका नेता शत्रुधन महतोले बताए। यसरी ७९ जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्री राउत दुई तिहाई सांसदको समर्थनसहित शक्तिशाली मुख्यमन्त्री बन्ने सम्भावना छ।

साथै प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीका १६ र नेकपा एमालेका ८ जना प्रदेशसभा सदस्य रहेका छन्। तीमध्ये लोसपा र एमालेले मात्र अविश्वास प्र-स्तावको पक्षमा रहने जनाएको छ।‘दिनानुदिन प्रदेशको गरिमा घट्दै छ। भ्रष्टाचार छताछुल्ल छ, कामको प्रभावकारिता छैन, मन्त्रीहरू आपसमै टसल छ। यस्तो लथालिङ, भताभुङ अवस्थामा सरकारलाई कसरी समर्थन गर्नु?,’ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनलले भने। यस्तै सरकारको काम कारबाही र भ्रष्ट प्रवृतिले सरकारलाई समर्थन गर्ने अवस्था नरहेको एमाले सांसद शारदा थापाले बताइन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com