Home विश्व/प्रवास बेलायती प्रधानमन्त्रीका विशेष दूत र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

बेलायती प्रधानमन्त्रीका विशेष दूत र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

by ईलालटिन
0 comment

सुर्खेत । बेलायतका प्रधानमन्त्रीका विशेष दूत र कर्णाली प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको छ। सोमबार दिउँसो मुख्यमन्त्री महेन्द्र बहादुर शाही र बेलायती प्रधानमन्त्रीका विशेष दूत हेलेन ग्रान्टबीच भेटवार्ता भएको हो। भेटका क्रममा दुई पक्षबीच नेपालको बालिका शिक्षा, महिला सशक्तीकरणको अवस्था र कर्णाली प्रदेशको समग्र विकासबारे छलफल भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ।

भेटमा फरिन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय युकेका दक्षिण एसिया बालिका शिक्षा सल्लाहकार ईयान एट्फिल्ड, बेलायती दूतावासका निर्देशक नथानल बिभन पनि सहभागी थिए। यस्तै, भेटमा बेलायती राजदूतावास अन्तर्गतको एकता इकाईका कर्णाली तथा सुदूरपश्चिम प्रदेश प्रमुख पदम विश्वकर्मा पनि सहभागी थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com