Home समाचार परिणीति चोपडा, अनुपम खेरसहित भारतीय कलाकार काठमाडौंमा

परिणीति चोपडा, अनुपम खेरसहित भारतीय कलाकार काठमाडौंमा

by ईलालटिन
0 comment

काठमाडौं । भारतीय कलाकारहरू परिणीति चोपडा, अनुपम खेर र बोमन इरानी नेपाल आइपुगेका छन। उनीहरू ‘उचाइ’ नामक फिल्म सुटिङका लागि नेपाल आएका हुन्। अनुपम खेरले मंगलबार बिहानै पशुपतिनाथ मन्दिरमा पूजासमेत गरेका छन्।

उनीहरूले खेल्ने फिल्मको सुटिङ मुस्ताङमा हुँदैछ।  सुरज बडजात्याले निर्देशन गरेको फिल्ममा अमिताभ बच्चनले प-नि अभिनय गर्ने बताइएको छ। अमिताभ पनि नेपाल आउने भारतीय मिडियाहरूले जनाएका छन्। परिणीतिले फिल्महरू लेडिज भर्सेस रिक्की भेल, इसकजादे, शुद्द देशी रोमान्स, हँसी तो फसी, केशरी, मेरी प्यारी बिन्दु लगायतका फिल्महरूमा अभिनय गरेकी छिन्।

अनुपम खेरले सारां-श, स्पेशल २६, अ वेनस्डेलगायतका दर्जनौं फिल्ममा काम गरेका छन्। उनी भारतीय टेलिभिजनमा टक शोसमेत चलाउँछन्। त्यस्तै नेपाल आएका बोमन इरानीले चलचित्र थ्री इडियट्समा क्याम्पस प्रमुखका रूपमा वीरु सहस्त्रबुद्धेको भूमिका निभाएका थिए। उनले लगे रहो मुन्ना भाइ, डन टु र जोली एलएलबी लगायतका फिल्ममा काम गरेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com