Home TV राष्ट्रिय सभाका अध्यक्षको ब्यवहारले दुखेको ‘बेम्बो म्यान’को मन (भिडियो)

राष्ट्रिय सभाका अध्यक्षको ब्यवहारले दुखेको ‘बेम्बो म्यान’को मन (भिडियो)

by ईलालटिन
0 comment

पर्वत । पर्वतमा ‘बेम्बो म्यान’को नामले परिचित मनिलाल पौडेलसँग उनका सृजनशिलताका बारेमा उनकै घरमै पुगेर भिडियो सामाग्री तयार पारेका छौँ । कुस्मा नगरपालिका–११ शिल््मीका पौडेल पेशाले चाहिँ शिक्षक हुन् । घर नजिकैको विश्वज्योति माध्यमिक विद्यालयको प्राथमिक तहको राहत दरबन्दीमा १० वर्षदेखि शिक्षण सेवामा आवद्ध छन् ।

मनिलाल विद्यालय बाहेकका अन्य समय बाँसका सामग्री निर्माणमा जुट्छन्। उनले दुई दशकदेखि बाँसबाट कलम, टुथ पिन राख्ने बक्स, टिस्यु पेपर राख्ने बक्स, कलम दानी, फूलदानी, बाँस र नेपाली कागजबाट बनाइएको डायरी, चिया पिउने कप, सालको पातबाट बनाइएका टोपी र इस्टकोट लगायतका बस्तु बनाउँदै आएका छन् ।

स्थानीय उत्पादनको प्रर्वबद्धन र आफूलाई हौसला मिल्ने आशमा जिल्लामा आउने अतिथिहरुलाई बेलाबखत आफुले बनाएका बाँसका सामाग्रीहरु हस्तान्तरण गर्छन् । तर कहिलेकाँही अतिथिहरुबाट कुनै प्रतिक्रिया नआउँदा भने निराश बन्ने गर्छन् ।

केही समय अघि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्लिसीनालाई बाँसबाट बनेको कलम उपहार स्वरुप प्रदान गरे । अध्यक्ष तिम्लिसीनाले कलम लिए, खल्तिमा हाले र आफ्नो बाटो लागे । उनको यस्तो ब्यवहार देखेर दुखेको मनिलालको मन आजका दिनसम्म पनि दुख्न छाडेको छैन ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com