Home समाचार अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह, अन्य पदाधिकारीमा सहमति जुट्न बाँकी

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह, अन्य पदाधिकारीमा सहमति जुट्न बाँकी

by ईलालटिन
0 comment

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहलाई तोकिएको छ । आइतबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विद्यार्थी नेताहरुबीच भएको छलफलपछि सिंहलाई अध्यक्षमा तोकिएको हो । पार्टी स्थायी समितिले दिएको अधिकार अनुसार अध्यक्ष प्रचण्डले सिंहलाई अध्यक्ष बनाउने निर्णय सुनाउनुभएको छ’, अखिलका वर्तमान अध्यक्ष रञ्जित तामाङले रातोपाटीसँग भने, ‘अरु पदाधिकारीका बारेमा छलफल जारी छ ।’

क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत र सिंह मुख्य दावेदार रहेका थिए । शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।जारी २२ औं राष्ट्रिय सम्मेलनको बन्दसत्रबाट सिंह अखिल क्रान्तिकारीको अध्यक्ष बनेको घोषणा गर्ने तयारी छ । तामाङ नेतृत्वको कमिटीमा उपाध्यक्ष रहेका उनी अखिलमा पहिलो महिला अध्यक्ष बनेकी हुन् । सुर्खेत निवासी सिंह माओवादी केन्द्रकी कर्णाली प्रदेश कमिटी सदस्य समेत छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com