Home समाचार कर्णालीका २२ प्रतिशत नागरिकले लगाए कोरोनाविरूद्ध पूर्ण खोप

कर्णालीका २२ प्रतिशत नागरिकले लगाए कोरोनाविरूद्ध पूर्ण खोप

by ईलालटिन
0 comment

सुर्खेत । कर्णाली प्रदेशका २२ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। कुल जनसंख्या १८ लाख २४ हजार १३१ मध्ये २ लाख ४१ हजार २४९ जनाले पूर्ण खोप लगाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

जसमध्ये डोल्पाका ६ हजार ६ सय ३३, मुगुका ९ हजार ६ सय ८, हुम्लाका ६ हजार ८ सय ५३, जुम्लाका २१ हजार ६४, कालीकोटका १५ हजार १०८, दैलेखका ३२ हजार ३७६ जनाले पूर्ण खोप लगाएका छन्। यस्तै जाजरकोटका ११ हजार ७०९, रुकुम पश्चिमका २९ हजार ५५, सल्यानका ३३ हजार २१, सुर्खेतका ७७ हजार १५ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्।

यस्तै कर्णाली प्रदेशका ३३ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएका छन्। २०७७ माघ १४ गतेदेखि ०७८ असोज १० गतेसम्मको तथ्याङ्क अनुसार ३ लाख ६१ हजार ९ सय ६० जनाले पहिलो डोज लगाएका छन् ।निर्देशनालयका अनुसार डोल्पाका १० हजार १८४, मुगुका १७ हजार ८२१, हुम्लाका १२ हजार ९७५, जुम्लाका २६ हजार २१०, कालीकोटका २० हजार ८१२, दैलेखका ५४ हजार २७२, जाजरकोटका १९ हजार ५७३, रुकुम पश्चिमका ३३ हजार ४२०, सल्यानका ४३ हजार ८५३, सुर्खेतका १ लाख २२ हजार ८४० जनाले पहिलो डोज लगाएका छन्।

कर्णालीको कुल जनसंख्या १८ लाख २४ हजार १३१ छ। जसमध्ये १८ बर्ष माथिका १० लाख ९४ हजार ४७९ जनालाई कोभिड विरुद्धको खोप लगाउने लक्ष्य छ। कर्णालीको कुल जनसंख्यामध्ये ४० प्रतिशत जनसंख्या १८ बर्षमुनिका रहेका छन्। कर्णाली प्रदेशका स्थानीय तहहरुमा अहिले पनि खोप लगाउने काम भइरहेको छ। नेपाल सरकारको लक्ष्यअनुसार दसैं–तिहारको बीचसम्म कर्णालीका पनि ५० प्रतिशत नागरिकले पूर्ण रुपमा खोप पाउने अपेक्षा गरिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बताए। ‘बाहिरबाट नेपाललाई आउने खोप समयमा आयो भने सरकारले यता पनि पठाइहाल्छ, दसैं–तिहारको बीचसम्म ५० प्रतिशतलाई खोप पुर्‍याउने सरकारको लक्ष्य छ,’ खड्काले भने, ‘त्यो लक्ष्य हाम्रोमा पनि पूरा हुन्छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com