Home समाचार थप उपचार गर्न थाइल्याण्ड गए बर्षमान पुन

थप उपचार गर्न थाइल्याण्ड गए बर्षमान पुन

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन्। आज बिहान नेता पुन त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्याण्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। पुन केही समयदेखि बिरामी छन्। उनको कलेजोमा वंशानुगत समस्या छ।

यसअगाडि पुनले सुमेरु अस्पतालमा उपचार गराएका थिए। उनलाई बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराउने तयारी छ।  पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेको चिकित्सकहरूले बताएका थिए। चिकित्सकहरूकै सल्लाह अनुसार उनलाई थाइल्याण्ड लगिएको सचिवालयले जनाएको छ। नेता पुनसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्ती पनि थाइल्याण्ड गएकी छन्। पुनलाई चार वर्षअगाडि पनि यस्तै खालको स्वास्थ्य समस्या देखिएको थियो। त्यसबेला पनि पुनले बैंककमा उपचार गराएका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com