Home समाचार हेलिकप्टरबाट पुर्‍याइयो उत्तरी गोरखामा खाद्यान्न

हेलिकप्टरबाट पुर्‍याइयो उत्तरी गोरखामा खाद्यान्न

by ईलालटिन
0 comment

काठमाडौं । उत्तरी गोरखामा हेलिकप्टरबाट ढुवानी गरेर खाद्यान्न पुर्‍याइएको छ। सर्दीभीर लगायतमा पहिरोले बाटो बिगारेपछि खच्चडबाट खाद्यान्न ढुवानी गर्न सकिएको थिएन। नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार चुम्चेतको चुम्लिङसम्म खाद्यान्न ढुवानी गरिएको छ। हेलिकप्टरले दुईपटक गरी तीन हजार चार सय २० किलोग्राम चामल ढुवानी गरेको हो।

गत शुक्रबार गृहमन्त्री बालकृष्ण खाण उत्तरी गोरखा पुगेर फर्केका थिए। त्यहाँका स्थानीयले बाटो नहुँदा खाद्यान्न अभाव भएकोले ढुवानीमा सहयोग गर्न आग्रह गरेका थिए। गृहमन्त्री खाणले हेलिकप्टरबाट भए पनि खाद्यान्न ढुवानीको व्यवस्था गर्न गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई निर्देशन दिएका थिए।

गृह मन्त्रालयको पहलमा गोरखा सदरमुकामबाट खाद्यान्न हेलिकप्टरबाट ढुवानी गरी उत्तरी गोरखा पुर्‍याइएको हो स्थानीय बासिन्दाले गृहमन्त्री खाणसँग बाटो खुलाउन, टेलिफोनको टावर सञ्चालनमा ल्याउन माग गरेका थिए। पहिरोले भत्काएको बाटो मर्मतका लागि पनि पहल भइरहेको मन्त्रालयले जनाएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com