Home समाचार हाइपसरसोनिक’ क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

हाइपसरसोनिक’ क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

by ईलालटिन
0 comment

काठमाडौं । उत्तर कोरियाले मंगलबार बिहान पूर्वी तटमा फायर गरेको क्षेप्यास्त्र नयाँ प्रविधिको रहेको त्यहाँको सरकारी मिडियाले जनाएको छ । यस हाइपसरसोनिक मिसाइलले उत्तर कोरियाको रक्षा क्षमतालाई अभिवृद्धि गर्ने कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जनाएको छ । यस मिसाइललाई रणनीतिक हतियार भनिएको छ ।

उत्तर कोरियाले आणविक र ब्यालेस्टिक क्षेप्यास्त्र बनाउन बन्द गर्ने र त्यसको बदलामा अन्तर्राष्ट्रिय समुदायले उत्तरमाथि थोपरेको आर्थिक नाकाबन्दी खुकुलो गर्ने विषयमा चलिरहेको वार्ता लामो समयदेखि अवरुद्धजस्तै छ । यस्तो अवस्थामा उत्तरले पनि निरन्तर रूपमा हतियार निर्माण गरिरहेको छ । मंगलबार मिसाइल लन्च कार्यक्रममा सर्वोच्च किम उन जोङ उपस्थित थिएनन्, तर शीर्ष अधिकारी पाक जोङ चोन यस कार्यक्रममा उपस्थित रहेको केसीएनएले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com