Home समाचार राष्ट्रिय पुस्तकालय पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न राष्ट्रपतिकहाँ ज्ञापन

राष्ट्रिय पुस्तकालय पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न राष्ट्रपतिकहाँ ज्ञापन

by ईलालटिन
0 comment

काठमाडौं । राष्ट्रिय पुस्तकालयलाई पुरानो बसपार्कको निर्माणाधीन भवनमा सार्न माग गर्दै अभियन्ताहरूले राष्ट्रपति विद्या भण्डारीलाई ज्ञापनपत्र बुझाएका छन्। भुइँचालोपछि पुस्तकालय भवन पुनर्निर्माण हुन नसकेका बेला अभियन्ताहरूले बसपार्कमा निर्माणाधीन टावरको निर्माण कार्य रोकेर त्यसको सट्टा पुस्तकालय सार्न मंगलबार राष्ट्रपति भण्डारीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।

‘राष्ट्रिय पुस्तकालय बन्न नसक्दा ऐतिहासिक कागजात र पुराना किताबहरू बोरामा कोचेर राखिएका छन्। ती नासिँदै जाने अवस्थामा छन्,’ पत्रमा लेखिएको छ, ‘पुराना ग्रन्थ र ऐतिहासिक दस्तावेज नासिँदै जाँदा ज्ञानको स्रोत नै सुक्ने जोखिम छ।’उक्त अवसरमा राष्ट्रपति भण्डारीले दयनीय अवस्थामा रहेका पुस्तकलाई अस्थायी रूपले सुरक्षित राख्ने गरी तत्काल कुनै स्थान खोज्न पहल गर्नुपर्ने बताएकी छन्। पुरानो बसपार्कमा भइरहेको निर्माणबारे आफूले पटकपटक सुझाव दिएको तर हालसम्म यस विषयमा कुनै खास उपलब्धि हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरेकी छन्।

उक्त निर्माणाधीन भवनलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्न सकिने वा नसकिनेबारे केन्द्रीय तथा स्थानीय सरकारसँग छलफल गर्ने समेत उनले बताइन्। वरपर अग्ला भवन बनाउँदै जाने हो भने काठमाडौंको मुटुमा रहेको खुला क्षेत्र टुँडिखेल कचौराजस्तो हुनेबारे आफूलाई अवगत भएको उनले उल्लेख गरिन्। राष्ट्रिय पुस्तकालयको संग्रहमा करिब तीन सय वर्ष पुराना हस्तलिखित ग्रन्थ र महत्वपूर्ण कागजात छन्। संरक्षण अभावमा तीमध्ये धेरै ग्रन्थ र कागजात ढुसी र कीराले खान थालिसकेका छन्। तिनको संरक्षण गर्न अहिले बसपार्कमा टावरको निर्माण कार्य रोकेर त्यसको ठाउँमा पुस्तकालय राख्न उचित हुने भनेर अभियन्ताहरूले राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका हुन्। भुइँतलामा बसपार्क र माथि पुस्तकालय राख्दा त्यसले बसपार्कको शोभा बढ्ने उनीहरूले औंल्याएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com