Home बुलेट न्युज लुम्बिनीका मुख्यमन्त्रीसमक्ष काँग्रेसको ७ बुँदे माग

लुम्बिनीका मुख्यमन्त्रीसमक्ष काँग्रेसको ७ बुँदे माग

by ईलालटिन
0 comment

रुपन्देही। नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको नवनिर्वाचित कार्यसमितिले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई बुटवलका समस्या समाधान गर्न मागपत्र बुझाएको छ । मंगलबार नेपाली काँग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेको नेतृत्वमा गएको टोलीले बुटवलमा रहेको समस्या समाधान गर्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई सात बुँदे मागपत्र बुझाएको हो ।

काँग्रेसले गत भदौ १३ गतेको पहिरोले बुटवल–३, ज्योतिनगरका दर्जनौं घर परिवार विस्थापित भएको स्मरण गराउँदै त्यहाँका पीडितलाई राहत प्रदान गर्न र दीर्घकालीन रुपमा समाधन गर्न माग गरेको छ । यसैगरी भदौ ११ गतेको वर्षाले बुटवल–११, वुद्धनगरका आधा दर्जनभन्दा बढी घर–परिवार घरबारविहीन बनेको भन्दै काँग्रेसले तिनको सवालमा पनि ध्यान दिन मुख्यमन्त्रीसमक्ष माग गरेको छ ।

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास–बेथरी सडक विस्तारलाई समेत तीव्रता दिन माग गरिएको छ । बुटवलका सडक हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुँदा यात्रु तथा शहरवासीको स्वास्थ्यमा असर गर्नुका साथै दुर्घटनाको जोखिम भएको भन्दै काँग्रेसले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा मुख्यमन्त्री केसीले तत्काल राहत तथा पुनःस्थापनका लागि जिल्ला प्रशासन कार्यालयलाई तथ्याङ्क संकलनका लागि निर्देशन गरिएको बताए । उनले लुम्बिनी प्रदेश सरकारले बुटवलको ज्योतिनगरको पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्धार, राहत तथा पुनःस्थापनाबारे ३ चरणका कार्य योजना बनाउने तयारी भएको पनि बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com