Home समाचार यस वर्षको पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई, पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई

यस वर्षको पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई, पद्मश्री साधना सम्मान भक्तराज आचार्यलाई

by ईलालटिन
0 comment

काठमाडौं । यस वर्षको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई प्रदान गरिने भएको छ। खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले तीन लाख पुरस्कार राशीको उक्त पुरस्कार लेखक तथा राजनीतिज्ञ दाहालको कृतिलाई दिने निर्णय गरेको  प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्।

२०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ लाई र पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ । मोक्षभूमि’ को कथा संवत १२८० बाट सुरु हुन्छ। यो मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा हो। प्रतिष्ठानले यो वर्षको पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई अर्पण गर्ने निर्णय गरिएको छ।

आचार्यले तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। ‘२०४६ सालको एक साँझ काठमाडौंको बौद्धमा साङ्घातिक हमला भएपछि गायक तथा सङ्गीतकार आचार्यको गायनयात्रामा पूर्णविराम लाग्यो, जुन नेपाली गीतसङ्गीतका लागि ठूलो क्षति हो। १६ वर्षको छोटो सङ्गीत साधानाका माध्यमबाट पनि उनले लामो कालखण्डले सम्झिइरहने कालजयी सिर्जना दिएका छन्,’ प्रतिष्ठानले भनेको छ।

वि.स.२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।पद्मश्री साधना सम्मानको राशी पनि तीन लाख रुपैयाँ छ।दुबै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस वर्ष विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने प्रतिष्ठानले जनाएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com