Home समाचार एमाले केन्द्रीय कमिटी बैठक बस्दै

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

by ईलालटिन
0 comment

काठमाडौं ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ। आज बिहान ११ बजेका लागि बैठक बोलाइएको हो शनिबार भएको बैठकमा राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदन माथिको छलफल सकिएको छ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा १० समूहमा विभाजित टोली नेताले शनिबार समूहगत छलफलपछि आफ्ना धारणा प्रस्तुत गरेका थिए। एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले टोली नेताबाट समाजवादको आधार निर्माणलाई पार्टीको कार्यदिशाको रूपमा अगाडि बढाउनुपर्छ भन्ने र विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने कार्यभार एमालेले पूरा गर्नुपर्ने सुझाव आएको बताए। ७० वर्षे उमेरहद पनि कायम गरेर जानुपर्ने अधिकांशको सुझाव रहेको थियो।

आज बस्ने बैठकले प्रतिवेदनमा आएका सुझावको आधारमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन्। ती प्रतिवेदन आजै पारित गर्ने एमालेको तयारी छ। शुक्रबारदेखि शुरु भएको बैठकमा भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शनिबार तीनवटै प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए। आज प्रतिवेदन पारित गरिएपछि असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनमा ती दस्तावेश पेश गर्ने तयारी छ। एमालेले गोदावरीमा विधान महाधिवेशन राखेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com