Home none एमालेसँग प्रभु साहका आठ असन्तुष्टि

एमालेसँग प्रभु साहका आठ असन्तुष्टि

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता प्रभु साहले एमाले नेतृत्वसँग आठ असन्तुष्टि जनाएका छन् । गत फागुन २३ को फैसलाले नेकपालाई वैधता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काउँदा एमालेतिर बसेका साह एमालेका पछिल्ला पार्टी बैठकमा समेत अनुपस्थित हुने गरेका छन् ।

बरु, साहले आफ्नो छुट्टै समूह बनाएर ‘आइटी आर्मी’ का नाममा गतिविधि गर्दै आएका छन् । हालै उनले पार्टी नेतृत्वलाई एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्नुपर्ने, नेकपाले अभ्यास गरेको जनताको जनवादलाई आगामी महाधिवेशनसम्म व्यापक छलफल गर्दै विकास गर्नुपर्ने, संविधानका त्रुटी सच्याउँदै समाजवादको दिशामा अघि बढ्नुपर्ने, नेता कार्यकर्ताहरूको मर्यादाक्रम निर्धारण गर्नुपर्ने, पार्टी संगठन र जवसहरुमा सम्मानजनक सहभागिता हुनुपर्ने तथा आइटी आर्मीलाई जनसंगठनकै रुपमा मान्यता दिनुपर्ने लगायतका माग अघि सारेका हुन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com