Home समाचार प्रेस काउन्सिलले सुरु गर्‍यो ‘इयर बुक’

प्रेस काउन्सिलले सुरु गर्‍यो ‘इयर बुक’

by ईलालटिन
0 comment

काठमाडौं । प्रेस काउन्सिल नेपालले पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक गरिन् ।

इयर बुक’ मा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्था, नेपाली मिडियामा गलत सूचनाका कारण आचारसंहिता र विश्वसनीयतामा चुनौती, कोभिड–१९ ले पत्रकारितामा ल्याएको सङ्कट, नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाको दृश्यावलोकन, नेपाली मिडियामा सामाजिक विविधता र आचारसंहिता, मिडियामा महिलाको उपस्थिति लगायतका  १४ वटा विषयमा अनुसन्धानमूलक लेख रहेका छन् ।

कार्यक्रममा कानुनमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले काउन्सिल पत्रकारहरुको अभिभावकीय संस्था भएको भन्दै ‘इयर बुक’ प्रकाशनले थप परिपक्वता देखाएकोमा खुशी व्यक्त गरे । उनले समयानुकूल पत्रकारिताको विकासका लागि काउन्सिलले गरेको कामको प्रशंसा गरे ।

नेपाली पत्रकारिताका विभिन्न घटना, चुनौती, समस्या र समाधानका उपायहरूसहितको पहिचान गराउने अभिप्रायले अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए । “नेपालको मिडियाबारे यो नै पहिलो ‘इयर बुक’ हो, यसमा मिडिया क्षेत्रका विभिन्न विज्ञहरूले महत्वपूर्ण विषयमा अनुसन्धानमूलक प्रस्तुति राखेका छन्”– अध्यक्ष बस्नेतले भने । ‘इयर बुक’ लाई लक्ष्मणदत्त पन्त, लिलाराज उपाध्याय र कमलदेव भट्टराईले सम्पादन गरेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com