Home राजनीति ‘जनतालाई केन्द्रमा राखेर संविधान परिष्कृत गर्नुपर्छ’– डा. शेखर कोइराला

‘जनतालाई केन्द्रमा राखेर संविधान परिष्कृत गर्नुपर्छ’– डा. शेखर कोइराला

by ईलालटिन
0 comment

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानले जनताका नैसर्गिक अधिकारलाई प्रत्याभूत गरेको बताएका छन् । सातौं संविधान दिवसको शुभकामना व्यक्त गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । ‘विद्यमान संविधानमार्फत मुलुकमा संघीयता लोकतान्त्रिक गणतन्त्र सुनिश्चित र संस्थागत भएको छ । यसका अतिरिक्त संविधानले जनताका नैसर्गिक अधिकारहरूलाई प्रत्याभूत गर्दै वर्ग, क्षेत्र र समुदायको विविधता र विषेशताका समग्र आयामहरूको सुरक्षा प्रदान गर्दै जनतालाई नै शासन सत्ताको केन्द्रमा राखेको छ,’ नेता कोइरालाले भनेका छन् ।

संविधान गतिशील दस्ताबेज भएको उल्लेख गर्दै नेता कोइरालाले थपेका छन्, ‘जनताको अनुभवबाट मुलुकको बृहत्तर हितलाई केन्द्रमा राखेर समयानुकूल परिष्कृत र विकसित गर्न सकिने आधार निर्माण गरेको छ ।’

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com