Home समाचार पोखरामा हट्यो निषेधाज्ञा, स्कुलदेखि डान्सबारसम्मका व्यवसाय खुला

पोखरामा हट्यो निषेधाज्ञा, स्कुलदेखि डान्सबारसम्मका व्यवसाय खुला

by ईलालटिन
0 comment

पोखरा । बैशाख तेस्रो सातादेखि  पोखरामा जारी भएको लकडाउन खुलेको छ। जिल्ला कोभिड– १९ व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले असोज १ गतेदेखि लकडाउन खुलाउने निर्णय गरेको हो। अब पोखराका स्कुल, होटल, रेष्टुरेण्ट, क्लब, दोहोरी साँझ, डान्सबार लगायत खुलाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए।

जेठ अन्तिम सातादेखि लकडाउन खुकुलो भएपनि स्कुल र रात्रिकालीन व्यवसाय खुलेका थिएनन्। पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण र मृत्युदर घटेका कारण लकडाउन खुला गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गौतमले बुधबार साँझ जारी गरेको आदेशमा लकडाउन खुला गरिए पनि सरकारले जारी गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

‘स्कुलदेखि डान्सबारसम्म सबै व्यवसाय खुलाउँदा तोकिएको मापदण्ड पालना गर्नुपर्नेछ,’ आदेशमा उल्लेख छ।यसअघि साँझ ८ बजेसम्म मात्र खुला गरिएको बजार अब थप समयसम्म खोल्न पाइने भएको छ। बुधबार जारी गरेको आदेशमा पोखराका होटल तथा रेष्टुरेण्ट राति साढे ११ बजेसम्म खोल्न पाइने उल्लेख छ।यस्तै, डान्सबार, क्लब, दोहोरी साँझ जस्ता रात्रिकालीन व्यवसाय राति साढे १ बजेसम्म संचालन गर्न पाइने आदेशमा उल्लेख छ।  प्रमुख जिल्ला अधिकारी गौतमले कोरोना भाइरसको संक्रमण दर बढ्दै गएमा जुनसुकै बेला थप आदेश जारी गर्ने बताएका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com