Home none भूमि समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौला नियुक्त

भूमि समस्या समाधान आयोगको अध्यक्षमा केशव निरौला नियुक्त

by ईलालटिन
0 comment

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सो आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ गराएका हुन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौलाले सुकुम्बासीका समस्याहरूलाई हटाउने बताए। उनले सुकुम्बासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरू थपिँदै गएकोले आफ्नो नेतृत्वको टिमले ती समस्यालाई हटाउने प्रयत्न गर्ने बताए।

अध्यक्ष निरौलाले भने, ‘भूमि आयोग गठन भएको छ, दलित भूमिहीन र अव्यवस्थित बसोबासीहरूको गठित यो आयोगको अध्यक्षको जिम्मेवारीमा नेपाल सरकारले मलाई नियुक्ति गरेको छ, सुकुम्बासी समस्याका नाममा धेरै समयसम्म यो देशमा जटिलता थपिँदै गएका छन्, यसलाई हटाउने प्रयत्नमा हामी प्रतिवद्ध हुनेछौं। सपथग्रहण समारोहमा गृहमन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास वैरागीसहितको उपस्थिति रहेको थियो।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com