Home समाचार बुटवलमा आज ओलीले सम्बोधन गर्ने‍

बुटवलमा आज ओलीले सम्बोधन गर्ने‍

by ईलालटिन
0 comment

बुटवल । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउन लागेका छन्। आज दिउँसो बुटवलमा हुने एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नको लागि ओली बुटवल आउन थालेका हुन् ।

बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका अगुवा कार्यकर्ता सहभागी हुने एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईँले रातोपाटीलाई बताए ।भेलालाई पार्टी अध्यक्ष ओलीसहित उप–महासचिवद्वय विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी लगायतले सम्बोधन गर्ने छन् ।

भेलाका लागि जिल्लाका सबै कमिटी र सङ्गठनहरू परिचालन गरिएको तथा व्यवस्थापकीय तयारी सबै पूरा भएको बताए । एमाले लुम्बिनी प्रदेश कमिटी बैठकले पार्टी विभाजनका नाममा अलमलमा परेका नेता कार्यकर्तालाई स्पष्ट पार्न निर्देशन ठाउँ ठाउँमा कार्यक्रम  गर्न थालिएको हो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com