Home समाचार लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

by ईलालटिन
0 comment

लमजुङ । आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।

कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।  गत एक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए  । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com