Home समाचार इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने ‘नमस्ते पे’ सञ्चालनमा ल्याइँदै

इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने ‘नमस्ते पे’ सञ्चालनमा ल्याइँदै

by ईलालटिन
0 comment

काठमाडौं । इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी ‘नमस्ते पे’ वालेट केही दिनमै सञ्चालनमा ल्याइने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा यो वालेट सञ्चालनमा ल्याउन लागिएको हो।

राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले नमस्ते पेको सञ्चालनका लागि छुट्टै कम्पनी ‘नेपाल डिजिटल पेमेन्ट’ कम्पनी संचालनमा आएको र सो कम्पनीले नै सेवा सञ्चालन गर्ने जानकारी दिए। यस वालेटमार्फत इन्टरनेट सेवा नभएका दूरदराज क्षेत्रबाट पनि भुक्तानी गर्न सकिने छ। तत्कालका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरुले यो सेवा प्रयाेग गर्न सक्ने श्रेष्ठले बताए।

कम्पनीले प्रदान गर्ने कोडका आधारमा रकम भुक्तानी गर्न सकिनेछ। हाल मोबाइल फोनबाट विभिन्न डेटा प्याक लिएजस्तैगरी यूएसएसडी कोड थिचेर आफूले तिर्न चाहेको रकम भुक्तानी गर्न मिल्नेछ।बिजुली, खानेपानी, इन्टरनेट लगायतको भुक्तानी यसमार्फत गर्न सकिनेछ। त्यस्तै रिचार्ज गर्न, विभिन्न टिकट बुकिङ गर्न, एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, बीमाको प्रिमियम भुक्तानी गर्न सकिनेछ।

यसरी भुक्तानी गर्दा राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत रकम कटौती हुनेछ। सुरुमा राष्ट्रिय वाणिज्य बैंक र त्यसपछि अन्य बैंकमार्फत पनि सेवा थाल्न मिल्ने श्रेष्ठले बताए। इन्टरनेटविना नै विभिन्न भुक्तानीको रकम तिर्न मिल्ने यो वालेट नै पहिलो रहेको कम्पनीको दावी छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com