Home समाचार ओलाङ्चुङगोलाका मौवाटारमा बीओपी भवन निर्माण

ओलाङ्चुङगोलाका मौवाटारमा बीओपी भवन निर्माण

by ईलालटिन
0 comment

ताप्लेजुङ । ताप्लेजुङको उत्तरी सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा स्थापित सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार हुन लागेको हो ।

फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा अवस्थित  सो बीओपी गत वर्ष स्थापना गरिएको थियो । हिमालयन कन्स्ट्रक्सनले अहिले कार्यालय भवनलगायतका संरचना निर्माण गर्दै आएको छ । गत जेठ दोस्रो साता भ्याटसहित करिब रु ९८ लाख बजेटमा योजना सम्झौता गरी संचरना निर्माण गर्दै आएको निर्माण कम्पनीले जनाएको छ ।

आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्ने गरी योजना सम्झौता गरेर काम सुरु गरेको र हाल अन्तिम चरणमा पुगेको निर्माण कम्पनी प्रमुख इन्द्र केदेमले जानकारी दिए । उनका अनुसार सभाहलसहितको कार्यालय भवन, भान्सा घर र शौचालयजस्ता संरचना निर्माण गरिएको छ । सबै संरचना निर्माणको कार्य करिब ९५ प्रतिशत सम्पन्न भएको उनले बताए । उक्त बीओपी स्थापना गरिएको ठाउँ मौवाटार चार हजार २०० मिटरको उचाइमा पर्दछ ।

मौवाटार ओलाङ्चुङगोला बस्तीदेखि १२ किलोमिटर दूरीमा उत्तरतर्फ पर्दछ भने त्यहाँदेखि तिब्बतसँग सिमाना टिपताला भञ्ज्याङ (पाँच हजार २०० मिटर उचाइ) पनि करिव १२ किमीकै दूरीमा पर्दछ । संरचना बनिनसकेकाले बीओपीका लागि खटेका सशस्त्र प्रहरी टोली भने हाल ओलाङ्चुङगोलामा बस्दै आएका छन् । दुई देशको सीमा क्षेत्रमा स्थापना गरिएको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जनशक्ति रहने बताइएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com