Home समाचार काभ्रेमा आपतकालीन गोदाम घर

काभ्रेमा आपतकालीन गोदाम घर

by ईलालटिन
0 comment

काभ्रे । विपतका घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका–३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा विपतका समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रदेश सरकारको रु ३१ लाख ४२ हजारको लागतमा निर्माण भएको घरमा मोटरबोट, रुख काट्ने मेसिनलगायतका उद्धारका समाग्री राखिने काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । “उक्त घरमा विपत्मा खोज तथा उद्धार गर्ने सबै प्रकारका सामग्री राख्नेछौँ, यो व्यवस्थापनले पीडितलाई निकै राहत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त घर निर्माण गरिएको हो । प्रउखत्रीका अनुसार प्रदेशस्थित आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा हुने सम्भावित घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार गर्न सकिनेछ । यसका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा खाज तथा उद्धारमा तालिमप्राप्त २५ प्रहरी व्यवस्थापन गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उक्त घरमा भने खोज तथा उद्धारका सामग्री राख्ने प्रक्रियामा छ ।

उक्त टोलीले मेलम्ची घटनामा खोज तथा उद्धार तथा अवरुद्ध राजमार्ग खुलाउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ । उक्त टोलीलाई बाढी–पहिरो, आगलागी, भुकम्पलगायतका विपतका घटनामा खोज तथा उद्धार गर्न थप नयाँ प्रविधिको तालिमको दिइने जनाइएको छ । खोज तथा उद्धारमा खट्ने प्रहरीका लागि आवास भवनसमेत निर्माण गर्न बागमती प्रदेश सरकार र धुलिखेल नगरबीच समन्वय भइरहेको उनले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com