Home विशेष तराई मधेशमा आज चौरचन पर्व मनाइँदै

तराई मधेशमा आज चौरचन पर्व मनाइँदै

by ईलालटिन
0 comment

काठमाडौं  । आज तराई मधेशको महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) मनाइँदैछ । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने सो पर्वलाई तराई मधेशमा निकै आस्थाको रुपमा लिइन्छ । तराई मधेसमा कृष्ण जन्मअष्टमीको १२ दिनपछि चौरचन पर्व मनाइन्छ ।

भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ । केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ । चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको ब्रतालुहरु बताउँछन् ।

चौरचनका दिन ब्रतालुहरुले निराहार व्रत बसी साँझको समयमा भगवान गणेश र चन्द्रमालाई विभिन्न प्रकारका फलफू तथा खीर र पुरी अर्पण गर्ने गर्छन् । चन्द्रमाको पुजा हुने भएकाले यो पर्वमा घरको आँगन र छतमा पुजा हुन्छ ।  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com