Home समाचार दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई पठायो कूटनीतिक नोट

by ईलालटिन
0 comment

काठमाडौं । दार्चुला तुइन प्रकरणमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ। छानविन समितिले घटनामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता देखिएको प्रतिवेदन दिएपछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो।

परराष्ट्र स्रोतका अनुसार दार्चुला घटनाबारे भारतलाई कूटनीतिक नोट पठाइएको छ। तुइन प्रकरणमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित समितिले भदौ १५ गते प्रतिवेदन बुझाएको थियो। दार्चुलामा महाकाली नदी तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए।

सो घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति बनाइएको थियो।छानविन समितिले प्रतिवेदन दिएको एक सातापछि सरकारले भारतलाई कूटनीतिक नोट पठाएको हो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com