Home बुलेट न्युज गच्छदारनिकट कपिलेश्वर यादवलाई देउवाले बनाए नेविसंघ महामन्त्री

गच्छदारनिकट कपिलेश्वर यादवलाई देउवाले बनाए नेविसंघ महामन्त्री

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेका छन्।उपसभापति विजयकुमार गच्छदारनिकट यादवलाई सभापति देउवाले आइतबार महामन्त्री पदमा नियुक्त गरेका हुन्।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग मिलेको थियो। पार्टी मिलेका बेला गरिएका सहमति कार्यान्वयन गरिएको भन्दै नेविसंघ केन्द्रीय तदर्थ समितिको महामन्त्रीमा सुनसरीका यादवलाई नियुक्त गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम २०७४ सालको निर्वाचनअगाडि कांग्रेससँग मिलेको थियो।

कांग्रेसमा अहिले धमाधम वडा कार्यसमिति निर्वाचन भइरहेको छ। १४ औं महाधिवेशन प्रक्रिया चलिरहँदा देउवाले नेविसंघमा महामन्त्री नियुक्त गरेका हुन्। नेविसंघको कार्यकाल पटकपटक कांग्रेसले थप गरिरहेको छ। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकटले भागबन्डाका आधारमा नेविसंघ महामन्त्री नियुक्त भइरहेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com