Home समाचार अस्पतालमा बिरामी पुर्‍याउँदै कमिसन बुझेको आरोपमा पाँच ‘बिचौलिया’ पक्राउ

अस्पतालमा बिरामी पुर्‍याउँदै कमिसन बुझेको आरोपमा पाँच ‘बिचौलिया’ पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं ।  प्रहरीले विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ। बिचौलियाको कारोबार गरेको आरोपमा प्रहरीले बुधबार विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

पकेराउ पर्नेमा विराटनगर-८ का २१ वर्षीय सुनिल राय, २२ वर्षीय रोहित साह, इनरुवा-१ सुनसरीका २० वर्षीय विनोद मेहता र सप्तरी राजविराज-९ का २३ वर्षीय सारन्सकुमार चौधरी छन्। विराटनगरका अस्पतालहरूमा आउने विरामी तथा आफन्तलाई आफ्नो सम्पर्कमा रहेका अस्पतालमा पुर्‍याएर बिचौलियाको काम गरेको आरोप उनीहरूलाई छ।

प्रहरीका अनुसार उनीहरू अस्पतालहरूमा पुग्ने गर्थे। त्यहाँ आफन्त तथा विरामीलाई भेटेर यहाँ राम्रो डाक्टर छैनन्, उपचार राम्रो छैन, औषधी राम्रो छैन भनी अफवाह फैलाउने गर्थे। त्यसरी अफवाह फैलाएर उनीहरूले आफ्नो सम्पर्कमा रहेका अस्पताल, क्लिनिक तथा फार्मेसीमा पुर्‍याउने गर्थे।

यसरी विरामी पुर्‍याएवापत् अस्पताल तथा क्लिनिकले उनीहरूलाई ‘कमिसन’ दिएर खटाउने गरेको पाइएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए। आफ्नो सम्पर्कमा रहेका फार्मेसीमा पुर्‍याएर औषधीसमेत खरिद गर्न बाध्य पार्ने गरेको गुनासोका आधारमा उनीहरूलाई पक्राउ गरी कारबाही थालिएको छ,’ जिसीले भने। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com