Home समाचार तत्कालिन राजपाबाट निर्वाचित ७२ मध्ये ५४ जनाले रोजे लोसपा

तत्कालिन राजपाबाट निर्वाचित ७२ मध्ये ५४ जनाले रोजे लोसपा

by ईलालटिन
0 comment

जनकपुर । जनकपुरधाम उपमहानगरपलिका तत्कालिन राजपाबाट निर्वाचित भएका ७२ जना मध्ये ५४ जनाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल रोजेको छन् ।

तत्कालिन राजपाबाट निर्वाचित भएर जनता समाजवादीमा प्रवेश गरेका ७२ जना मध्ये ५४ जनाले महन्थ ठाकुर नेतृत्वको नव गठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । लोसपाका नेता मनोज चौधरीका अनुसार जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रीता झा, हंसपुर नगरपालिकी उपमेयर रेणु झासहित ५४ जनाले लोसपा रोजेका हुन् ।

त्यसैगरि, जनकपुरधाम उपमहनगरपालिकाका वडा नम्बर १, ४, ६, ७, ८, ११, २० र २२ का वडा अध्यक्षहरूले समेत लोसपाको पक्षमा सनाखत गरेका छन् । विभाजित भएको जनता समाजवादी पार्टीका नेतालाई निर्वाचन आयोगले आफ्नो ईच्छाएको पार्टी रोज्न भदौ २२ गतेसम्मको समय तोकेको थियो । मंगलबार जनकपुरधाम उपमहानगरपालिका र हंसपुर नगरपालिका जनप्रतिनिधीले सनाखत गराएका छन् । अन्य स्थानीय तहमा निर्वाचित जनप्रतिनिधले क्रमिक रूपमा सनाखत गराउने नेता चौधरीले बताए ।

प्रदेश सासदहरूले बुधबार सनाखत गर्ने कार्यक्रम रहेको नेता चौधरीले बताए । सनाखतकै लागि लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत पार्टीका शीर्ष नेताहरू बुधबार जनकपुर पुग्ने भएका छन् । सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com