Home बुलेट न्युज फलेवास नगरपालिकाको अनियमितता

फलेवास नगरपालिकाको अनियमितता

by ईलालटिन
0 comment

पर्वत । फलेवास नगरपालिकाले मेयर कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भनेर छुट्टाइएको रकममा अनियमितता भएको पाइएको छ ।

नगरपालिकाले कुनै पनि खेलको प्रतियोगिता नगराई ७ लाख ५ हजार १६ रुपैयाँको पेस्की फर्छ्यौट गरेर नियमविपरित कार्य गरेको महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

२०७६ फागुन २२ देखि २५ गते सम्मलाई प्रतियोगिता तय भए पनि देशभर कोभिड—१९ को जोखिमका कारण धेरै जना उपस्थित हुन नपाइने सरकारी निर्णय र २१ गते ठुलो पानी परेको हुँदा प्रतियोगिता गर्न नसकिने भन्दै स्थगित गरिएको थियो ।

नगरपालिकाले पुँजीगतबाट पेस्की फर्छ्यौट ६ लाख सहित ६ लाख ५ हजार १६, शर्सत बाट १ लाख गरी जम्मा ७ लाख ५ हजार १६ रुपैयाँका पेस्की फर्छ्यौट गरेको थियो । त्यस मध्ये अनुगमन खर्च ३९ हजार, एम्पाएर खर्च १५ जनालाई १५ सयका दरले खेलको आधारमा ५८ हजार ५ सय, बैठक खर्च ४९ हजार ५ सय, टिम दर्ता ३८ हजार र पुरस्कार लगायत व्यवस्थापनमा ५ लाख ६५ हजार १६ रुपैयाँ खेलकुद प्रतियोगिता बिना नै खर्च गरेको पाइएको हो ।

पालिकाले प्रतियोगिताका लागि छुट्टाइएको रकमबाट केही थान खेलकुद सामाग्री मात्र खरिद गरेको देखिएको छ । अन्नपूर्ण माध्यमिक विद्यालय कार्कीनेटामा विद्यालयको रोहवरमा रहने गरी अफिसियल जर्सी १९ थान, जर्सी सेट २ सय थान, शिल्ड मुख्य १ थान, शिल्ड अन्य ४ थान, मेडल २ सय १२ थान, भलिबल ६ थान, नेट २ थान, पम्प २ थान र मेजरिङ टेप २ थान मात्र खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com