Home समाचार बुटवलको ज्योतिनगरमा २३ वर्षपछि फेरि पहिरो, घरमा क्षति

बुटवलको ज्योतिनगरमा २३ वर्षपछि फेरि पहिरो, घरमा क्षति

by ईलालटिन
0 comment

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योति नगरमा पहिरोले दर्जन घरमा क्षति पुर्‍याएको छ। २०५५ सालमा पहिरो गएको स्थानमा पुनः पहिरो खसेको हो।

आज बिहान ६ बजे चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायतका करिब एक दर्जन घरमा क्षति पुर्‍याएको छ।स्थानीय बासिन्दाका अनुसार पहिरो तीन वटा घरभित्रै पुगेको छ। उज्यालो भइसकेको हुँदा मानवीय क्षति भने भएको छैन। भदौ ११ गते उक्त वस्ती माथिको चुरेमा पहिरो गएपछि स्थानीयहरु सावधानी अपनाउँदै आएका थिए।

पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरका सरसामान सार्ने काम गरिरहेका छन्। पहिरोले क्षति पुग्नसक्ने घरबाट समेत सामान अन्यत्र सार्ने काम भइरहेको छ। पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने रिङरोड र त्यहाँ रहेको विजुलीको पोल बगाएको छ। बुटवलको वडा नम्बर ३ र ४ माथि रहेको चुरेमा २ वटा ठूला पहिरो गएकोमा यससँगै ३ ठूला पहिरो गएको छ।

उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५ दर्जन घरमा क्षति पुगेको थियो। पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com