Home समाचार अमेरिकी संसद नजिकै बिस्फोटकको धम्की दिने व्यक्ति पक्राउ

अमेरिकी संसद नजिकै बिस्फोटकको धम्की दिने व्यक्ति पक्राउ

by ईलालटिन
0 comment

काठमाडौं  ।अमेरिकाको संसद भवन नजिकै आफूसँग बिस्फोटक पदार्थ भएको भनेर धम्की दिने एक व्यक्तिलाई पक्राउ गरिएको छ । यी व्यक्तिको नाम फ्लोएड डे रोजबेरी हो, उनी ४९ वर्षका हुन् । बिस्फोटकको धम्की दिएको केही घण्टापछि फ्लोएडले आत्मसमर्पण गरेका हुन् । हाल उनको उद्देश्य पुष्टि हुन सकेको छैन ।

प्रहरीले ती व्यक्तिको गाडीको पनि तलासी गरिरहेको छ । संसदमा यतिबेला छुट्टी चलिरहेको छ तर त्यहाँ कर्मचारी काम गरिरहेका छन् । बिस्फोटकको धम्की दिएपछि थुप्रै भवन खाली गरिएको छ । गाडीबाट लाइभ गर्ने व्यक्तिको भिडियो सोसल मिडियामा सेयर गरिएको थियो । फेसबुकले उक्त लाइभ र ती व्यक्तिको प्रोफाइल हटाएको छ ।

उक्त भिडियोमा फ्लोयड रोजबेरी अमेरिकी राष्ट्रपति जो बाइडेनको नाममा सन्देश दिइरहेका थिए र क्रान्तिको कुरा गरिरहेका थिए । क्यापिटल प्रहरी प्रमुख जे थोमस मेंगरले फ्लोएड रोजबेरीले बेसमेन्टमा ट्रक राखेको बताउँदै उनलाई सोधपुछ गर्न आएका एक प्रहरी अधिकारीलाई उनले आफूसँग बिस्फोटक भएको बताएको जानकारी दिए ।

प्रहरीले रोजबेरीसँग कुरा गर्यो र रोबोटमार्फत् एउटा फोन पनि पठायो तर रोजबेरीले त्यो प्रयोग गरेनन् । यद्यपि, पछि रोजबेरीले गाडीबाट निस्किएर आत्मसमर्पण गरे । प्रहरीका अनुसार रोजबेरीको गाडीमा बिस्फोटक बनाउने सामान भेटिएको छ तर बिस्फोटक भने भेटिएको छैन । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com