Home समाचार ४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा

४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा

by ईलालटिन
0 comment

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कोभिड–१९ विरुद्धको  भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ । त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ । आजबाट लगाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूह, १८ वर्ष पूरा भएका कक्षा ११ तथा १२ का र विश्वविद्यालय तहका परीक्षा प्रवेश पत्र दिएका विद्यार्थीलाई दिन लागिएको हो ।

यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ । खोप कार्यक्रम बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्म रहने छ ।
अहिले थप गरिएका केन्द्रबाट यसअघि महानगरपालिकाले अग्रपङ्क्तिमा खटिने व्यक्तिका लागि मात्र खोप लगाउने व्यवस्था गरेको थियो । तोकिएका लक्षित समूहले महानगरभित्र खोप आज, शनिबार र आगामी मङ्गलबार तीन दिन लगाउन सकिने महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए। खोप लगाउन जाँदा आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com