Home अर्थ/वाणिज्य हाइड्रोपावरको शेयरमा उच्च बृद्धिपछि विद्युत नियमन आयोगले भन्यो, ‘अध्ययन गरेर मात्रै लगानी गर्नु’

हाइड्रोपावरको शेयरमा उच्च बृद्धिपछि विद्युत नियमन आयोगले भन्यो, ‘अध्ययन गरेर मात्रै लगानी गर्नु’

by ईलालटिन
0 comment

काठमाण्डौ । विद्युत नियमन आयोगले विभिन्न १६ वटा बुँदा अध्ययन गरेर मात्रै हाइड्रोपावर कम्पनीको शेयरमा लगानी गर्न आग्रह गरेको छ। नियमन आयोगले एक विज्ञप्ति जारी गर्दै नेटवर्थ, पिई रेशियो, बजारमूल्य लगायतका सूचकहरु अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गरेको हो।

आयोगले कुनै पनि कम्पनीले दिने वा दिनसक्ने लाभांशको समेत लेखाजोखा गरी लगानी गर्न आग्रह गरेको छ। पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य उच्च रुपले बढेको छ। हाइड्रोपावर कम्पनीहरु धमाधम हकप्रद निश्काशन गर्ने तयारी गर्न थालेसँगै उनीहरुको शेयरमूल्य अकाशिएको छ।

नियमन आयोगले विद्युत कम्पनीको सार्वजानिक निश्काशन सम्बन्धि निर्देशिका संशोधन गर्न राय सुझाव माग गरेको भए पनि हालसम्म पुरानै निर्देशिका अनुसार काम भइरहेको आयोगले स्पष्ट पारेको छ। आयोगले हाइड्रोपावर कम्पनीको ऋण तिर्न समेत हकप्रद निश्काशन गर्न दिने तयारी गरेको थियो। तर उक्त संशाेधित निर्देशिका भने जारी भएको छैन। मेरो लगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com