Home समाचार साप्पाटाको छुद्दरीमा सुक्खा पहिरो, डेढ सय परिवार उच्च जोखिममा

साप्पाटाको छुद्दरीमा सुक्खा पहिरो, डेढ सय परिवार उच्च जोखिममा

by ईलालटिन
0 comment

बाजुरा ।  बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयवासीले बताएका छन् ।

गाउँपालिकाको रुणी गाउँको तल्लो भाग र छुद्दरी गाउँको नजिकै रहेको भिरमा लगातार सुक्खा पहिरो खस्न थालेको हो । गाउँको मुनिबाट दुई दिनदेखि निरन्तर पहिरो खस्न थालेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।
जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टि रहेको भिरमा पहिरो खस्न थालेपछि नदी थुनिने खतरासँगै गाउँपालिका केन्द्रमा समेत जोखिम बढेको छ । कर्णाली नदीमा ढुङ्गा, माटो जम्मा हुने थालेको छ ।
लगातार दुई दिनदेखि पहिरो आउने क्रम जारी रहेकाले जुड्डी आसपासका क्षेत्रमा जोखिम बढेको छ । पहिरोका कारण रूणी गाउँका १५० घरधुरी उच्च जोखिममा रहेको स्थानीयवासी नन्दबहादुर खत्रीले बताए । जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीको पारिपट्टिबाट लगातार पहिरो बगेका कारण कर्णाली नदी थुनिएमा गाउँपालिकाको कार्यालय र सोही क्षेत्रमा रहेको प्रहरी चौकीसमेत जोखिममा रहने गाउँपालिकाका रोजगार संयोजक जोशीले राससलाई बताए।
उनका अनुसार सुक्खा पहिरो बग्दा ठूला ढुङ्गा आउने गरेकाले सोही ढुङ्गाले नदी थुनिने जोखिम बढेको छ । पहिरो खतरा नै भइनसकेको प्रहरीले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com