काठमाण्डौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। यस अनुसार लघुवित्तले ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ।आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्ती कार्य सम्पन्न गरी दुई संस्था प्राप्ती गरी एकिकृत कारोबार शुरु गरिसकेका कारण शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनार्थ नगद लाभांश छुट्याइएको छैन।
साउन ३० गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल लघुवित्तको चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार १५६ रुपैयाँ छ। २० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ५२ करोड २० लाख ८५ हजार ३८७ रुपैयाँ पुग्नेछ। मेरो लगानी ।