Home अर्थ/वाणिज्य एनसीसी बैंकको खुद ब्याज आम्दानी घट्यो, नाफा भने बढ्यो

एनसीसी बैंकको खुद ब्याज आम्दानी घट्यो, नाफा भने बढ्यो

by ईलालटिन
0 comment

काठमाण्डौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) (NCCB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी सामान्य घटेपनि खुद नाफा भने बढेको छ।गत असार मसान्तसम्ममा बैंकले १ अर्ब २७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.६८ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी सामान्य घटेपनि नेट फि तथा कमिसन आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.२७ प्रतिशत घटेको छ भने नेट फि तथा कमिशन आम्दानी १४.६० प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ११.९१ प्रतिशत बढेको छ। बैंकको इम्पेरमेन्ट चार्ज ४० करोड ५६ लाख रुपैयाँबाट बढेर ४१ करोड ९२ रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १०.२७ प्रतिशत बढेको छ भने जगेडा कोष १२.१७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ४६.४९ प्रतिशत र कर्जा ४५.३९ प्रतिशत बढेको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४७ पैसा बढेर १२ रुपैयाँ ३२ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसा रहेको छ। मेरो लगानी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com