काठमाण्डौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ आज बाँडफाँट भएको छ । आज गरिएको बाँडफाँटमा कम्पनीको साधारण शेयरमा आवेदन दिएका योग्य आवेदकमध्ये ५ लाख ४० हजारले मात्र शेयर पाए ।
१७ लाख ६८ हजार १२२ जनाले आईपीओ पाउन सकेनन् । कम्पनीको साधारण शेयर माग गर्दै २४ लाख १९ हजार ८४८ आवेदनले खरिदका लागि आवेदन दिएका थिए ।
आवेदकमध्ये १ लाखभन्दा बढीको आवेदन रद्द भएको छ । सानिमा लाइफले प्रभु क्यापिटललाई बिक्री प्रवन्धक तोकेको थियो ।
यही साउन २० गतेदेखि २४ गतेसम्म सानिमाले आईपीओ जारी गरेको थियो । आईपीओको नतिजा

कम्पनीले साउन २० देखि २४ सम्म सर्वासधारणलाई जारी गरेको ६० लाख कित्ता सेयर मध्ये कर्मचारी र म्युचुअल फण्डलाई ६ लाख कित्ता छुट्ट्याएर ५४ लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए।