Home बुलेट न्युज बन्ने हैन त नगर प्रहरी ? पहिलोपटक पर्वतको गाउँपालिकाले भर्ना गर्दै

बन्ने हैन त नगर प्रहरी ? पहिलोपटक पर्वतको गाउँपालिकाले भर्ना गर्दै

by ईलालटिन
0 comment

पर्वत – पर्वतमा पहिलोपटक स्थानीय तहहरुले नगर प्रहरी भर्ना गर्न थालेका छन् । आफ्नो पालिका भित्रको शान्ति सुरक्षा प्रवद्र्धनका लागि स्थानीय तहहरुले आफ्नै प्रहरी कर्मचारी भर्ना गर्न थालेका हुन्
यसैबीच जिल्लाको जलजला गाउँपालिकाले नगर प्रहरीका लागि आवेदन खुल्ला गरेको छ ।

गाउँपालिका भित्रको आन्तरीक शान्ति सुरक्षा कायम गर्नका लागि गाउँपालिकाले नगर प्रहरीका लागि आवेदन खुल्ला गरेको हो । गाउँपालिकाले करार सेवामा राख्ने गरी हालका लागि तीन जना नगर प्रहरीको भर्ना आब्हान गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार तत्कालका लागि नगर प्रहरी प्रमुख सहित ३ पदका लागि आवेदन खुल्ला गरिएको छ । आवश्यकता अनुसार यो संख्या बढ्दै जानेछ उहाँले भन्नुभयो ।

हालका लागि १ जना नगर प्रहरी प्रमुख, १ जना नगर प्रहरी हवल्दार र १ जना नगर प्रहरी जवान पदको भर्ना आब्हान भएको हो । यस अघि गाउँपालिकाले नगर प्रहरी राख्न सकिने गरी कानून गाउँ सभाबाट पास गरेको थियो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँ सभाबाट पारित भएको कानून बमोजीम नै नगर प्रहरीको भर्ना गर्न लागिएको जानकारी दिनुभयो । नगर प्रहरीले कार्य विधि बमोजीमका तोकिएका कार्यहरु गर्ने भएका छन् ।

नेपालको संविधानले नै गाउँपालिका र नगरपालिकाले कानून बनाएर नगर प्रहरी भर्ना गर्न सक्ने ब्यवस्था गरेकाले सोहि बमोजिम आन्तरिक सुरक्षा प्रवद्र्धनका लागि नगर प्रहरी भर्ना गर्न लागिएको अध्यक्ष मल्लको भनाई छ । भर्नाका लागि जारी गरिएको सुचना बमोजीम आगामी भदौ २३ गतेसम्म आवेदकले आवेदन गर्न सक्नेछन् ।

नगर प्रहरी प्रमुखका लागि कक्षा १२ वा सो सरह शैक्षिक योग्यता तोकिएको छ भने नगरप्रहरी हवलदारका लागि एएईई वा सो सरह तथा जवान पदका लागि कक्षा ८ सम्म पास गरेको हुनु्पर्ने ब्यवस्था गरिएको छ । उनीहरुको पारिश्रमिक र अन्य सुविधा कार्य विधि बमोजीम नै हुने अध्यक्ष मल्लले जानकारी दिनुभयो । यस अघि जिल्लाका अन्य ६ वटा स्थानीय तहले नगर प्रहरीबारे कार्यविधि पारित गरेपनि अहिलेसम्म नियुक्तिका लागि प्रकृया थालेको पाईएको छैन ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com