Home समाचार कोरोना संक्रमण रोक्न नसकेको भन्दै चीनले गर्‍यो ३० बढी अधिकारीलाई कारबाही

कोरोना संक्रमण रोक्न नसकेको भन्दै चीनले गर्‍यो ३० बढी अधिकारीलाई कारबाही

by ईलालटिन
0 comment

बेइजिङ । पछिल्लो समय फैलिएको कोरोनाभाइरसको संक्रमण रोक्न आफ्नो जिम्मेवारी राम्ररी पूरा नगरेको भन्दै चीनले चार प्रान्तका ३० भन्दा बढी अधिकारीहरूलाई कारबाही गरेको छ। ग्लोबल टाइम्सका अनुसार पछिल्लो समय डेल्टा भेरियन्टको संक्रमण फैलिएका प्रान्तका पार्टीका पदाधिकारी, नगरपालिकाका उपमेयर, जिल्लाका नेता, विमानस्थल र स्वास्थ्य कार्यालयका कर्मचारीहरू कारबाहीमा परेका हुन्।चीनमा पछिल्लो समय फैलिएको कोरोनाको संक्रमणलाई सरकारले झन्डै २ वर्ष अघि वुहानमा महामारी सुरू भएपछिको गम्भीर अवस्था भनेको छ। यसअघि चीनको उपप्रधानमन्त्रीले एक सेकेन्ड पनि जिम्मेवारीबाट पछि हट्न नहुने  बताएकी थिइन्।पूर्वी चीनको जियांग्सु प्रान्तको राजधानी नानजिङका १५ अधिकारीलाई कारबाही गरिएको छ। चीनमा पछिल्लो संक्रमणको लहर नानजिङको विमानस्थलबाट सुरू भएको मानिन्छ। विमानस्थलको लापरबाहीले संक्रमण बढेको भन्दै त्यहाँका अधिकारीहरूलाई कारबाही गरिएको हो।त्यस्तै संक्रमण फैलिएका हुनान, हेनान र सानदोङ प्रान्तका अधिकारीहरूलाई पनि कारबाही गरिएको ग्लोबल टाइम्सले जनाएको छ। चीनमा सोमबार एकैदिन ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com